Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • सौतेनी आमाको हत्या गर्ने पक्राउ

    सौतेनी आमाको हत्या गर्ने पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्। धादिङ थाक्रे गाँउपालिका-६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई १८ वर्षपछि मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

    थापालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको ब्युराेका प्रवक्ता तथा एसपी बेल बहादुर पाण्डे बताए। उनले गत २०५८ साल माघ १४ गते अंशसम्बन्धी विवादको कारण सौतेनी आमा साइली थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए।



    घटनापश्चात फरार रहेका कान्छा लामो समयसम्म टेकुमा लुकीछिपी बस्दै आएका थिए भने पछिल्लो समय आफ्नै घरमा गएर बसेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार