Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • टिपर ठक्कर प्रकरण: पनौतीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

    टिपर ठक्कर प्रकरण: पनौतीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 5.1K
    SHARES

    काठमाडौँ । सोमबार टिप्परले ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू लागेको छ। टिपरले ठक्करबाट आमा-छोरीको मृत्यु भएपछि पनौतीकाे अवस्था अतनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनिश्चितकालीन कर्फ्यू लगाएकाे हाे।

    प्रशासनले मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँलका अनुसार अर्को सूचना जारी नभएसम्म निश्चित क्षेत्रमा कर्फ्यू लगाइएको अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाे छ।



    दुई जनाको मृत्यु भएपछि उत्पन्न विवादका कारण गोली समेत चलेकाे थियाे। आक्रोशित भीड र प्रहरीबीच झडप भएको क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् । आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका हुन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् । काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गोलीबाट प्रहरी घाइते भएकाे बताए । यद्यपि, रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइनसकेको उनले बताए । उनले स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यास मात्र प्रहार गरेको बताए।

    आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका थिए। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् । रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्। कर्फ्यूका कारण म‌ंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार