Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • किन भइरहेकाे छैन उपसभामुखको निर्वाचन?

    किन भइरहेकाे छैन उपसभामुखको निर्वाचन?

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपाले उपसभामुखको टुङ्गाे लगाएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताए।

    ‘मैले नेकपाको संसदीय दलको उपनेतासँग कुरा गरेको छु । उहाँले नेकपाले नै यो विषय टुङ्ग्याउनुपर्छ भन्नुभएको छ । नेकपाले टुङ्ग्याएपछि अगाडि बढ्छ,’ सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले भने ।



    संसदमा बहुमत भएको नेकपाले उपसभामुख कुन पार्टीलाई दिने भन्ने निर्णयअनुसार नै उपसभामुखकाे निर्वाचन प्रक्रिया अगाडि बढ्छ । नेकपाले कसलाई उपसभामुख बनाउने भन्ने टुंगो लगाएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्ने सभामुख सापकोटाले जानकारी दिए ।



    सभामुख सत्तारुढ नेकपाबाट भएकाले उपसभामुख अर्को पार्टीले पाउनेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार