Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • ट्रकको ठक्करबाट भरतपुरमा महिलाको मृत्यु

    ट्रकको ठक्करबाट भरतपुरमा महिलाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.1K
    SHARES

    फाइल : तस्बिर

    चितवन । ट्रकको ठक्करबाट चितवनमा मंगलबार बिहान महिलाको ज्यान गएको छ । साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

    ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनाका दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले ट्रक नियन्त्रणमा लिएका हुन् ।



    भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार