Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • काेराेनाकाे महामारी: पोर्चुगलमा७४ नेपाली क्‍वारेन्टाइनमा

    काेराेनाकाे महामारी: पोर्चुगलमा७४ नेपाली क्‍वारेन्टाइनमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा रहेको कान्तिपुर दैनिकमा समाचार छ। आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो ।

    पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसारआइतबारफारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाएका थिए।तर, चिकित्सकले ‘कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ’ भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए। त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो।



    अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो। आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीमार्फत् कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार