Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हाहाकारका बाबजुद २ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, ग्याँसको भाउ उही

    हाहाकारका बाबजुद २ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, ग्याँसको भाउ उही

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल आयल निगम पेट्रोल, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँका घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि नेपाल आयल निगमले भने दुई रुपैयाँ मात्रै घटाएको हो ।

    निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।



    निगमले हवाई इन्धन आन्तरिकतर्फको ४ रुपैयाँ ५० पैसाले घट्दा घटाए पनि एलपीजी ग्याँस र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।



    नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल/मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरेको छ ।

    हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रुपमा घटेको छ। तीन महिनाअघि ओपेक राष्ट्रबाट निर्यात हुने कच्चा तेलको मूल्य प्रति ब्यारेल ६७ अमेरिकी डलर रहेकोमा सोमबार यो ३३.२५ डलर प्रति ब्यारेजलमा झरेको छ।

    कोरोनाको महामारी विश्वभर फैलिएसँगै विश्वभर हवाई इन्धनसहित सबै इन्धनको माग घटेको छ। माग घटेसँगै तेलको मूल्यमा गिरावट आएको हो।

    तेलको मूल्य घटेसँगै साउदी अरेबिया नेतृत्वको ओपेकले रुसलाई समेत इन्धन उत्पादन कटौतीको प्रस्ताव गरेको थियो। रुसले इन्धन उत्पादन कटौतीको प्रस्ताव नमानेपछि ओपेकले तेलको मूल्य घटाएको थियो।

    यद्यपी नेपालमा भने कोरोनाकै कारण देखाउँदै पेट्रोलियम पदार्थ र ग्याँसमा व्यापक मात्रामा कालोबजारी भइरहेको छ । अहिले बजारमा ग्याँस र पेट्रोल तथा डिजेलको लाईन लाग्नु परेको अवस्था छ ।

    नेपाल आयल निगमले भने अहिले सामान्य समयभन्दा बढी ग्यास आयात भइरहेको बताएको छ । सामान्य अवस्थामा मासिक ३७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा अहिले आयात बढाएर ५० हजार मेट्रिक टन पुर्‍याएको छ ।

    आइतबार मात्र विभिन्न नाकाबाट १५६ बुलेट एलपी ग्यास नेपाल भित्रिएको निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइत कोरोना भाइरसबाट त्रसित उपभोक्ताले ग्यास संग्रह गर्दा माग दोब्बर भएको बताउँछन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार