Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बालुवाटार जग्गा प्रकरणमा बयान दिन पुगेका पौडेल थुनामा

    बालुवाटार जग्गा प्रकरणमा बयान दिन पुगेका पौडेल थुनामा

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारी निवास बालुवाटार जग्गा प्रकरणमा मुछिएका एक कर्मचारी बयान दिन पुगेका बेला थुनामा परेका छन्। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेलले कानून विपरीत बालुवाटार जग्गा प्रकरणमा चलखेल गरेकाे अाराेपमा विशेष अदालतले थुनामा पठाएको हाे।

    पौडेल वयान दिन सोमबार अदालतमा हाजिर भएकोमा अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले उनलाइ थुनामा पठाउने आदेश दिएको हो। उनीमाथि बालुवाटारकाे सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गरेको अभियोग लागेकाे छ।



    पौडेलविरुद्ध ‘सरकारी तथा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने गराउने’ गरेको अभियोग अख्तियारले लगाएको छ। आयोगले उनलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो माग दाबी गरेको छ। विशेष अदालतले पौडेलसहितका आरोपीहरुलाई १५ दिने सूचना जारी गरेको थियो।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पौडेलसहित १ सय ७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार