Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • छाेराद्वारा बाबुआमाकाे हत्या, १८ दिनपछि सार्वजनिक

    छाेराद्वारा बाबुआमाकाे हत्या, १८ दिनपछि सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    भीमदत्तनगर । कञ्चनपुरमा बाबुआमाकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले छाेरालाई पक्राउ गरेकाे छ। शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हाे।

    गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धानाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरी प्रहरीले सम्मेलन गर्दै सार्वजनिक गरेको हो।



    प्रहरीका अनुसार हत्यामा संग्लन भण्डारी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरा स्थित घर फर्किनका लागि हिडेका थिए। तर कैलालीको गोदावरी पुगेर उनी कलुवार फर्किएका थिए।



    सोही राती कलुवापुर घर पुगेका भण्डारीसंग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ। धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुलेको छ। उनीहरुविच अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजोमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार