Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • दुई थान पेस्तोल बरामद, एक जना पक्राउ

    दुई थान पेस्तोल बरामद, एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    रौतहट । रौतहटमा दुई थान पेस्तोलसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले उक्त दुई थान पेस्तोलसहित यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

    उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।



    उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार