Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विदेशी विनिमय मुद्दामा फरार महिला पक्राउ

    विदेशी विनिमय मुद्दामा फरार महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । विदेशी विनिमय मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक भोटेकोशी ३ की ३७ वर्षीया महिला साङ्डोमा शेर्पा पक्राउ परेकी हुन्।

    सिन्धुपाल्चोक जिल्ला अदालतको ०७१ साउन २० गतेको फैसला बमाेजिम विदेशी विनिमय मुद्दामा सजाय पाएकी फरार शेर्पालाई पक्राउ गरिएकाे केन्द्रीय अनुसन्धान ब्यूराेका प्रवक्ता तथा एसपी बेल बहादुर पाण्डेले बताए।



    उनका अनुसनर शेर्पालाई ६८ लाख ६२ हजार चार सय तेह्र रुपैयाँ साठी पैसा जरिवाना हुने ठहर भएको र निज प्रतिवादी शेर्पा उक्त सजाय वेरुजु रही फरार भएकोले विशेष सूचनाकाे आधार हिजाे स्वयंभूबाट पक्राउ गरिएकाे हाे।



    उनले शेर्पालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकाे बताए। अदालतको आदेशले शेर्पालाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको उनले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार