Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाभाइरस: खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरु हुँदै

    कोरोनाभाइरस: खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरु हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्दकाे खाेप परीक्षण गर्ने तयारी भएको छ । उक्त भाइरसकाे पहिलो खोप मानवमा परीक्षण गर्ने तयारी अमेरिकामा भएको हाे।

    अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ।



    ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ। त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ।



    बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।
    पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ।

    परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ । कोरोना भाइरस विरुद्धको नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार