Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु

    कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । विश्वरभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।



    इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।



    त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमाथप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार