Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मोटरसाइकल दुर्घटनामा सशस्त्रका हवल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा सशस्त्रका हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल फोटो

    महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका एक हवल्दारको ज्यान गएकाे छ। भीमदत्त नगरपालिका–१० मा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा भिमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हवल्दार खगेन्द्र जोशीको ज्यान गएको हाे।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टलेआइतबार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएकाे जानकारी दिए। दुर्घटनामा अर्का एक जना घाइते छन् ।



    दुर्घटनामा गम्भीर घाइते दुवैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय सहर खटिमा रेफर गरिएको थियो । घाइतेमध्ये भट्टको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन्।जोशी शसस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्मका डिएसपी केशवराज प्याकुरेलले जानकारी दिए । दुर्घटना घाइते जोशीको खटिमामा उपचार उपचार भइरहेको छ । ट्याक्टर चालक फरार छन् । ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार