Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • जेल भित्रबाटै गुण्डा नाइके समिरमानले बनाए ग्याङ

    जेल भित्रबाटै गुण्डा नाइके समिरमानले बनाए ग्याङ

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 3.3K
    SHARES

    काठमाडौं। उच्च अदालत पाटनले २३ माघमा जिल्ला अदालत काठमाडौंको निर्णय उल्टाउँदै गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश दियो ।

    संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा पक्राउ परेका गृहमन्त्री थापाका भाइ थापालाई काठमाडाैं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।
    उनीसँगै पक्राउ परेका अन्य पाँच जनाका हकमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिइएको थियो पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति र विनोद लामा अहिले पनि थुनामै छन्।
    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा थापाको संलग्नता रहेको आरोप लगाएको छ। अन्य आरोपित सुरेन्द्रमान सिंह बस्नेत र शैलेश प्रजातापतिसँग थापा जोडिएको आरोप छ।



    जेल भित्र रहेका गुण्डा नाइके समिरमान सिंह वस्नेतको निर्देशनमा पवन खड्काले नै नरेश थापा, दुबइमा बस्ने जावेद र शैलेश प्रजापतिको ग्याङ बनाएका छन् । सुरेन नगरकोटी र मनबहादुर पुन मगर भने समीरसँगै जेलमा छन्। समीरले नै जेलमा बसेर बाहिर आफ्नो ग्याङ परिचालन गरेका थिए। उनले सोही ग्याङमार्फत ठेकेदारसँग पैसा असुली गर्ने गरेका थिए।



    प्रहरीसँगको बयानमा ठेकेदारहरू जयराम लामिछाने, दीपक गौतम र लाक्पागेलु शेर्पाले आफूहरूसँग समीर थापाको नाम लिएर पैसा मागेको, नदिए ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन्। ‘२०७५ फागुनको अन्तिमदेखि नै मलाई शेर्पा शेर्पाजी भन्दै फोन गरी आफ्नो नाम नबताई धम्की दिएका हुन्,’ शेर्पाको बयानमा उल्लेख छ। त्यसैगरी दीपक गौतमले पनि २०७५ फागुन २६ पछि निरन्तर अज्ञात नम्बरबाट फोन आएको र चन्दा मागेको, नदिए अपहरण गर्ने धम्की दिएको बयान दिएका छन्।
    ‘दिउँसोको समयमा फोन आउने गथ्र्यो, मैले प्रयोग गर्ने मोबाइल नम्बरमा गौतमजी भन्दै फोन आएको हो मैले चिनिनँ, तपाईं को हो भन्दा म तपाईलाई राम्रोसँग चिन्छु, तपाईंको कम्पनीले पाएको ठेक्काको ३ प्रतिशत रकम हामीलाई दिनुहोला, नदिए अपहरण गरी गौचनको हालत त थाहा होला नि’ भन्दै धन्क्याएको गौतमको बयानमा उल्लेख। गौतमले प्रहरीलाई कुराकानीको अडियो रेकर्डसमेत बुझाएका छन्।

    गौचन हत्यामा अहिलेसम्म मुख्य योजनाकार समीरसहित, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बर बहादुर राना, श्याम बहादुर गुम्बे र रोशन बुढाथोकी पक्राउ परिसकेका छन्। सोही हत्यामा जोडिएका मनोज पुन भने २०७४ फागुन ९ गते रूपन्देहीको ‘इन्काउन्टर’ मा मारिए। (शुक्रबार )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार