Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाको संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

    कोरोनाको संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म १ लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर ६ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।



    इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन् । हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।



    स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।

    स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा राखेर उपचार थालिएको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार