Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोरोनाको आशंकाका विरामीमा फ्लू र निमोनिया : ग्राण्डी अस्पताल

    कोरोनाको आशंकाका विरामीमा फ्लू र निमोनिया : ग्राण्डी अस्पताल

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 4.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको आशंकामा झापाबाट काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं पठाएको थियो ।

    कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराएको छ भने साँझसम्ममा रिपोर्ट आइसक्ने अस्पताल स्राेतले बताएकाे छ। फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डी अस्पतालका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले जानकारी दिए।



    ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्ने लगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशन लगायतका विधि अपनाइएको उनले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार