Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रदेश प्रमुख र प्रचण्डको सामूहिक भेटप्रति बाबुरामको आपत्ति

    प्रदेश प्रमुख र प्रचण्डको सामूहिक भेटप्रति बाबुरामको आपत्ति

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले गरेको सामूहिक भेटवार्ताप्रति आपत्ति जनाएका छन्।

    भट्टाराईले प्रदेश प्रमुख पार्टी प्रतिनिधि नभएको भन्दै पार्टी अध्यक्षलाई सामूहिक रुपमा भेट्नु आपत्तिजनक भएको बताए। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली अहिले नभएको समेत उनको भनाइ छ।



    ‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ राज्यका प्रतिनिधि हुन्। उनीहरूले राज्यरसरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई भेट्ने हैन। कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार