Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • जनकपुरका मेयरविरुद्ध पत्रकार महासंघले मुद्दा दायर गर्ने

    जनकपुरका मेयरविरुद्ध पत्रकार महासंघले मुद्दा दायर गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2K
    SHARES

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहसहित कुटपिटमा संग्लन कर्मचारीविरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेकाे छ। रिपोर्टिङ्ग गर्ने क्रममा संचारकर्मीहरुलाई घेराबन्दी गरेर कुटपिटसहित संचार सामग्री खोसेकाे भन्दै महासंघले मुद्दा दायर गर्ने तयारी गरेकाे हाे।

    महासंघको जनकपुरधामस्थित कार्यालयमा बसेको संर्घष समितिको बैठकले यस्तो निर्णय गरेको हो । आफूहरुले अघि सारेको मागमा कुनै सुनवाई नभएपछि मुद्दा दर्ता गराउने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णको संयोजकत्वमा रहेको संघर्ष समितिले ७ दिनभित्र पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरीत समाचार सम्प्रेषण गरेकालाई कारबाही तथा घटनालाई बढाई चढाई पत्रकारलाई अपहेलित हुने गरी संचार माध्यमविरुद्ध समेत मुद्दा हाल्ने निर्णय गरिएको जनाइएको छ ।



    समितिको निर्णय विपरीत समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानबीनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दिपक कर्ण रहेको समिति बनाइएको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार