Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पूर्वमिस नेपाल उषा खड्गी पु्गिन् ‘डिभोर्स’ को अवस्थामा

    पूर्वमिस नेपाल उषा खड्गी पु्गिन् ‘डिभोर्स’ को अवस्थामा

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी ‘डिभोर्स’ को अवस्थामा पुगेकी छन्। पूर्व मिस नेपाल खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध ‘डिभोर्स’ को अवस्थामा पुगेकाे हल्ला अन्तत: सत्य सावित भएकाे छ।

    उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् वैवाहिक सम्बन्ध ‘डिभोर्स’ को अवस्थामा पुगेको जानकारी दिएकी छिन् । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी हुन् ।



    उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’



    उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

    उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार