Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट कस्तो आयो?

    ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट कस्तो आयो?

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    ‘प्राप्त रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको छ’ ट्रम्पका चिकित्सक सेन कोल्लीले भनेका छन्। एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो । उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए ।



    ७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो । एएफपीका अनुसार कोभिड–१९ भाइसरका कारण हालसम्म अमेरिकामा ५१ जनाको ज्यान गइसकेको छ । शुक्रबार देखि अमेरिकामा संकटकालको घोषणा गरिएको छ । युरोपियन राष्ट्रबाट अमेरिका प्रवेश गर्न एक महिनामा लागि रोक लगाइएको छ।



    त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ । तर ती देशबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाएपनि अमेरिकी नागरिकहरु घर फर्किन पाउने उपराष्ट्रपति पेन्सले बताए । अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार