Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • विप्लव समूहविरुद्ध प्रहरीले चाल्यो यस्तो कदम

    विप्लव समूहविरुद्ध प्रहरीले चाल्यो यस्तो कदम

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं। घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।



    उनीहरुलाई जिम्मेवारीबाट हटाएर एकहप्ते आचरण सुधारका लागि महानगरीय प्रहरी शिक्षालय महारागन्जमा पठाइएको समेत उनले जानकारी दिए ।

    सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार