Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • ७८ हजार सर्जिकल मास्क बरामद, कालाे बजारी गर्ने ८ जना पक्राउ

    ७८ हजार सर्जिकल मास्क बरामद, कालाे बजारी गर्ने ८ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नि्रप कार्की छन् । यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

    कालो बजारी गर्न जम्मा गरिएको मास्कसहित उनीहरू पक्राउ परेका हुन्। काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।



    उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार