Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ’

    ‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ’

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

    उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ।’



    उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भीर आरोप लगाए ।



    उनले भने,‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो । तर, सरकारले कुनैपनि किसिमको सेवा दिन सकेन । सरकार सेवा दिने कुरामा असफल भयो ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार