Online Nepal
  • बुधबार, २ माघ २०८१
  • काेराेना भाइरस कति समय बाँच्छ?

    काेराेना भाइरस कति समय बाँच्छ?

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । नोबेल कोरोना भाइरस कोभीड–१९ को महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ । चीन, जापान, दक्षिण कोरिया, इरान, भारतलगायत एशियाली देशसँगै इटाली, स्पेन, फ्रान्सलगायत युरोपेली तथा अमेरिकी र अफ्रिकी देशसमेत यस महामारीको चपेटामा छन् ।

    स्वास्थ्य सम्वन्धी जर्नल मेड अर्काइभमा प्रकाशित पछिल्लो अनुसन्धानअनुसार हावामा तीनघण्टासम्म कोरोनाको जिवाणु बाँच्नसक्छ । त्यस्तै, प्लास्टिक वा स्टिलमा दुईदेखि तीन दिनसम्म यो जिवाणु बाँच्नसक्छ । तामाको सतहमा ४ घण्टा र कागजका सामाग्रीमा २४ घण्टासम्म बाँच्ने दाबी पनि अनुसन्धानले गरेको छ ।



    कोभीड १९ को संक्रमण विभिन्न सामाग्रीका सतहमा कसरी बाँच्छन् भन्ने विषय ती सामाग्रीको सतह, तापक्रम र वातावरणमा निर्भर गर्छ,’ ऊहानमा बस्ने भिरोलोस्टि याङ झान्कुले ग्लोबल टाइम्ससँग भनेका छन् ।

    आपसी सम्पर्क, थुक, सासलगायत विभिन्न माध्यमबाट कोरोनाको संक्रमण फैलने विषयमा अधिकांश जानकार भएपनि त्यसरी फैलिएका जिवाणु केही घण्टादेखि केही दिनसम्म जीवित रहनसक्छन् भन्ने ख्याल गर्न जरुरी गरेको याङले बताए । यस्ता अनुसन्धानले संक्रमण रोक्नका लागि सर्वसाधारणलाई नियमित हात धुन थप प्रेरित गर्ने याङले बताए । उनका अनुसार यसले स्वास्थ्यकर्मीलाई पनि कोभीड–१९ का बिरामीको सही व्यवस्थापन गर्न प्रेरित गर्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार