Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • आइतवारदेखि भारतीय नाका बन्द हुँदै, अब चार वटा नाकाबाट मात्र नेपाली प्रवेश गर्न पाउने

    आइतवारदेखि भारतीय नाका बन्द हुँदै, अब चार वटा नाकाबाट मात्र नेपाली प्रवेश गर्न पाउने

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 5.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको छ। यसमा नेपालका सबै नाकाहरु पनि परेका छन्। यद्यपि नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग दिइने छ।

    कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ।



    भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो ।

    नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

    त्यस्तै भारतले मालदिभ्सका नागरिकलाई भिसा दिएर प्रवेश दिने जनाएको छ। भारतीय गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको बनबासा-भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली-बेलहिया, विहार राज्यको रक्सौल-वीरगंज र पश्चिम बंगालको रानिगंज-काकरभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने छन्।

    यी नाकाबाट पनि तेस्रो मुलुकका नागरिकहरु भारत प्रवेश गर्न पाउने छैनन्। भारतको गृहमन्त्रालयले जारी गरेको वक्तव्यको चौथो बुँदामा नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव नपार्ने उल्लेख छ।

    यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ। बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन गर्न दिने छ।

    भारतले बंगलादेश-भारत यात्रु रेल तथा सबै बसहरुलाई अर्को सूचना नआउँदासम्मका लागि बन्द गरेको छ। त्यस्तै भारत प्रवेश गर्ने नेपाली र भुटानीहरुको स्वास्थ्य परीक्षण गरिने छ। कोभिड-१९ को लक्षण देखिएका वा हालै इटाली, इरान, चीन,स्पेन, फ्रान्स, जर्मनी र दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरु भने क्वारेन्टाइनमा बस्नुपर्ने छ। त्यस्ता क्वारेन्टाइन राज्य सरकार वा केन्द्र सरकारले आवश्यक सुविधासहित सञ्चालन गर्ने बताइएको छ।

    बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमनलाई भने भारत सरकारले पूर्ण रुपमा बन्देज लगाएको छ। त्यस्तै सीमावर्ती बजारहरुमा पनि विदेशी नागरिकलाई रोक लगाउने जनाएको छ।

    भारतको गृह मन्त्रालयले कुटनीतिक तथा अफिसियल राहदानी बाहक, राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरु, श्रम तथा योजना भिसा बोकेका नागरिकलाई मात्र भारत प्रवेश दिने छ। भारतले ती अधिकारीका आश्रित परिवारलाई भने प्रवेश दिने छैन।

    त्यस्तै इटाली र दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरुले भने कोभिड-१९ परीक्षण गरी संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्ने छ। त्यस्तै ट्रान्सिटका लागि विदेशहरुले भारतीय विमानस्थल प्रयोग गर्न दिए पनि स्वास्थ परीक्षण आवश्यक गरेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार