Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट, करिब आधा घण्टा कुराकानी

    प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट, करिब आधा घण्टा कुराकानी

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग डिस्चार्ज भएको भोलिपल्टै शनिबार विहान भेट गरेका छन् । शिक्षण अस्पतालबाट डिस्चार्ज भएका ओलीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

    बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच करिव आधा घण्टा कुराकानी भएको थियो । ओली अस्पताल भर्ना हुनुअघि नेकपाभित्रको विवाद उत्कर्षमा थियो। वामदेव गौतमलाई कि युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने भन्ने विषयमा नेकपा नेताहरु विभाजित भएका थिए ।



    १५ फागुनमा भएको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकामा प्रधानमन्त्री ओली असहमत थिए । अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।



    सचिवालयले सर्वसम्मत निर्णय गरे पनि ओलीले त्यसलाई कार्यान्वयन गरेका छैनन्, जसले गर्दा नेकपाभित्र यस सम्बन्धी विवाद यथावत छ । पार्टी निर्णय नभएपनि २१ फागुनमा खतिवडा अर्थमन्त्रीमा पुन नियुक्त भइसकेका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच यस विषयमा छलफल भयो कि भएन, त्यो भने खुलाइएको छैन ।

    दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । २१ फागुनमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।

    अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिएका थिए। यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।

    अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार