Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ६ भारतीयमा ज्वरो देखिएपछि नाकाबाटै फिर्ता

    ६ भारतीयमा ज्वरो देखिएपछि नाकाबाटै फिर्ता

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.7K
    SHARES

    झापा । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ ।

    प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो ।



    काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।



    बिहीबार मात्रै कोरोना भाइरसको आशङ्कामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाले प्रवेषाज्ञामा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जिलिङलगायत शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार