Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको १० औं दिनमा अस्पतालबाट घर फर्किएका हुन् ।

    मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।



    प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिएका थिए। यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।



    अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार