Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • विश्वभरी करिब १ लाख ३५ हजारमा कोरोना भाइरस सङ्क्रमण

    विश्वभरी करिब १ लाख ३५ हजारमा कोरोना भाइरस सङ्क्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.4K
    SHARES

    पेरिस । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ ।

    ्कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
    चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।



    गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।
    रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।



    पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।

    इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।

    पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।

    पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।

    कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।

    सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । (रासस÷एएफपी)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार