Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण

    क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस (कोभिड–१९)को भाइरस भएको पुष्टि भएको छ । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।

    क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हाे । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेकाे र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो । उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।



    जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् । उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ किनभने उनलाई कुनै लक्षण देखिएको छैन । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार