Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना भाइरसले इटलीमा एकैदिन १ सय ८९ को मृत्यु

    कोरोना भाइरसले इटलीमा एकैदिन १ सय ८९ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् ।

    इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् ।



    कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार