Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • कोरोना भाइरसको संक्रमण फैलिहाले ‘लक डाउन’ सम्म

    कोरोना भाइरसको संक्रमण फैलिहाले ‘लक डाउन’ सम्म

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन आवश्यक परे ‘लक डाउन’ गर्नेसम्मको तयारी थालेको छ । संक्रमण फैलिहाले ‘पकेट एरिया लक डाउन गर्ने’ सम्मको तयारी सरकारको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण फैलिहाले बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसम्म लक डाउन गरिनेछ ।



    संक्रमण फैलिहाले कोभिड–१९ बाट प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडान महामारी अवधिभरका लागि स्थगन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । यस्तै, स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने, महामारी अवधिभर अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात बन्द गर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने र आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पताल स्थापना गरी उपचार गर्नेसम्मको सरकारको तयारी छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अस्पतालहरूमा आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा राखिएको छ ।

    प्रादेशिक अस्पतालबाट आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरी राखिएको, आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

    उच्च संक्रमित देशबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक जाँच गरी घरमै क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को आशंकामा सात जना बिरामी आइसोलेसन वार्डमा भर्ना भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच र पाटन अस्पतालमा दुई जना बिरामी कोरोनाको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका हुन् ।

    हालसम्म कोरोना संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय ५० जनालाई परीक्षण गरिएको छ । कोरोनाको उपचारका लागि काठमाडौंमा विभिन्न अस्पतालका १ सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा छन् । राजधानी दैनिक

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार