Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिमामा कडाइ गराैं

    सिमामा कडाइ गराैं

    सृजना सुवेदी
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    विश्वभर नोबेल कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । नेपालमा पनि यसको त्रास सर्वसाधारणमा छ । चीनबाट भन्दा पनि भारततिरबाट नेपालमा कोरोना भाइरसको संक्रमण हुने हो कि भन्ने ठूलो डर छ । भारतमा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमण बढिरहेका छन् ।

    भारतले कोरोना भाइरसबाट बच्नका लागि थुप्रै उपायहरू अपनाएको छ । खुला सिमानाका कारण भारतबाट नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिने हो कि भन्ने धेरैलाई त्रास छ । नेपाल पक्षबाट नेपाल–भारत सिमानामा भरपर्दो व्यवस्थापन नगरिएको सर्वसाधारणको गुनासो छ ।



    सकिन्छ भने नेपाल–भारतवीचको सिमाना केही समयका लागि बन्द गर्नुपर्छ । अत्यावश्यक सामान बोकेर आउने गाडीलाई बाहेक सबै आवात जावत बन्द गर्दा नै उचित हुन्छ । कोरोना भाइरसको जोखिमबाट बच्ने हो भने खुला सिमानालाई बन्द गर्नै पर्छ । भारतबाट यो भाइरस नेपाल भित्रियो भने ठूलो जोखिम निम्त्याउनेछ । चीनतिर सिमाना बन्द भइसकेको छ ।



    भारतबाट आउने सामाग्रीहरूका सवारी साधनलाई पनि कडा चेकजाँचपछि मात्रै भित्रन दिनुपर्छ । सहज रुपमा आवत जावतलाई रोक्नै पर्छ । नेपाल सरकारले तयारीहरू गरेको जनाए पनि सरकारको तयारीले सर्वसाधारणहरू ढुक्क भएर बस्न सक्ने अवस्था छैन । यो कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जनचेतना नै सबैभन्दा ठूलो औषधि हो ।

    सरसफाइमा ध्यान दिनुपर्छ । सकेसम्म हात नमिलाउने । मिलाउनै परे तत्काल साबुन पानीले हात धुने वा यस्तै खालका सरसफाइका कार्य गर्नु नै उचित हुने चिकित्सकहरूको सल्लाह र सुझाव छ । मास्कको प्रयोग पनि कसरी र कुन किसिमको गर्ने भन्ने बारेमा पनि ध्यान दिनुपर्छ ।

    जथाभावी रुपमा मास्कको प्रयोग गर्दा त्यसले झन् जोखिम थपिने चिकित्सकहरूले बताइरहेका छन् । कोरोना भाइरसको संक्रमणले सर्वसाधारणहरू त्रसित बनेका बेला कालोबजारी गर्ने समूह पनि सक्रिय भएको छ । सरकारले त्यस्ता काला बजारी गर्नेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ । बजारको अनुगमन गर्नुपर्छ । सबै मिलेर यो संकटबाट बच्नेतर्फ अगाडि बढ्नुपर्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार