Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • ‘अहिले संसद चल्नुमा कुनै तुक छैन, केही दिन संसद बैठक नै बन्द गरौं’

    ‘अहिले संसद चल्नुमा कुनै तुक छैन, केही दिन संसद बैठक नै बन्द गरौं’

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । चीनबाट फैलिएकाे कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको भन्दै सांसदहरुले संसद बैठक बन्द गर्न आग्रह गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठको शू्न्य समयमा बोल्दै सांसदहरुले केही दिनका बैठक बन्द गर्न आग्रह गरेका हुन्।

    नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाले विश्वभर माहाभारीको रुप लिइरहेको अवस्थामा नेपाल सरकारले खासै पूर्व तयारी नगरेको आरोप लगाए। उनले भने, यो रोगले संक्रमण गर्‍यो भने हामीसँग कुनै उपचार छैन।त्यसैले अहिलेको समयमा संसद चल्नुमा कुनै तुक छैन।केही दिनका लागि संसद बैठक नै बन्द गरौं।’



    अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो मुलुकमा युरोपेली देशबाट हुने यात्रामा प्रतिबन्ध लगाएको भन्दै उनले बढी भीडभाड हुने ठाउँमा आवतजावत बन्द गर्नुपर्नेमा बताए। उनले सरकारले कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपाय र रणनीतिबारे खासै चाँसो नदिएको आरोप लगाए।

    यस्तै अर्का सांसद भरतकुमार शाहाले कोरोनाबाट आफूहरु सुरक्षित नहुने भन्दै केही दिनका लागि संसद बैठक बन्द गर्नुपर्नेमा जोड दिए।

    यस्तै नेपाली कांग्रेस सचेतक सांसद पुष्पा भुसाल गौतमले कोरोना भाइरस विश्वभर फैलिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न सरकार तयार छ किन छैन भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले नेपालमा कोरोना संक्रमण नदेखिए पनि नेपाली जनता भने त्रसित भएको बताइन्। यस्तो अवस्थामा सरकारका मन्त्रीहरुले जनतालाई झनै त्रसित पार्ने काम गरेको भन्दै आपत्ति जनाइन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार