Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • घट्यो सुन-चाँदीको मूल्य, यस्तो छ बजार

    घट्यो सुन-चाँदीको मूल्य, यस्तो छ बजार

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुन चाँदी महासंघका अनुसार बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो।

    यस्तै तेजाबी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो।



    विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको प्रभाव यतिखेर विश्व अर्थतन्त्रमा परेको छ।कोरोनाले विश्‍वका केही मुलुकको अर्थतन्त्रमा असर पार्ने संकेत देखिएकाले लगानीकर्ता सुनमा लगानी गर्दा यसको मूल्य बढेको विज्ञहरुको भनाइ छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार