Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

    कोरोनाभाइरसको संक्रमण १ सय २३ देशमा, मृतकको संख्या ४६ सय बढी

    कोरोनाभाइरसको संक्रमण १ सय २३ देशमा, मृतकको संख्या ४६ सय बढी

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोनाभाइरस (काेभिड–१९) को संक्रमण १ सय २३ मुलुकमा फैलिएकाे छ। कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले जनाएकाे छ। संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

    डब्लूएचओका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । ५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।



    अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३/३ जनाको मृत्यु भएको छ ।



    कोरोनाभाइरसको संक्रमणलाई डब्लूएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार