काठमाडौं । नेपाली कांग्रेसले तीन नेतालाई कारवाही गरेपछि उमाकान्त चौधरीले राजीनामा दिएका छन् । केन्द्रीय सदस्य समेत रहेका अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका हुन् ।
चौधरी नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा अनुशासन समितिमा सदस्य मनोनीत भएका थिए । केन्द्रीय सदस्य चौधरीले अनुशासन समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।
पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेलधुरा सभापति कर्णबहादुर मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै चौधरीले समितिबाट राजीनामा दिएको जनाइएको छ ।
चौधरीले मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा असहमति जनाएका छन् ।
जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्ललाई पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो ।
अनुशासन समितिमा पौडेलको तर्फबाट धनराज गुरुङ, देउवाको तर्फबाट संयोजक भीष्मराज आङदेम्बे र सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन् ।
Leave a Reply