Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

    महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रियसभामा कांग्रेसको तत्कालीन सचेतक सरिता प्रसाइँ पार्टीभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । चित्त नबुझेको कुरा नेताहरूका अगाडि राख्न सक्ने नेतृ प्रसाइँले राष्ट्रियसभामा राम्रो भूमिका निभाएकी थिइन् । राष्ट्रियसभामा कांग्रेसले गरेका कामकारबाही र १४औँ महाधिवेशनका विषयमा नेतृ सरिता प्रसाइँसँग onlinenepal.com का लागि गरिएको कुराकानीको सम्पादित अंश :

    ० राष्ट्रियसभामा तपाईहरूको कार्यकाल कस्तो रह्यो ? अनुभव र काम के गर्नुभयो ?
    – संविधान आएपछि हाम्रो पहिलो अनुभव रह्यो । राष्ट्रियसभामा जाँदा कस्तो हुन्छ ? के हुन्छ भन्ने खुलदुली नै थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको फरक के थियो भनेर पनि हामीलाई खुलदुली नै थियो । राष्ट्रियसभामा गइसकेपछि त्यसको औचित्य अर्कै किसिमको हुन्छ भन्ने खालको कुराहरू सुनिरहेका थियौँ । राष्ट्रियसभाको मर्यादा राख्न सक्छौँ कि सक्दैनौँ, जनताले चाहे जस्तो खालले हामीले यसलाई अगाडि बढाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हामीलाई थियो । सत्ता पक्षको ठूलो बहुमत भएको बेलामा हामीले कसरी उनीहरूलाई ट्याकल गर्ने भन्ने हिसाबमा पनि हामीलाई चुनौती थियो । राष्ट्रियसभामा जसरी हामीले सोचेर गएका थियौँ त्योभन्दा राम्रो रुपले नै अगाडि गयौँ । समग्रमा भन्नु पर्दा राष्ट्रियसभालाई हामीले राम्रोसँग सञ्चालन गर्न सफल भयौँ ।
    ० राष्ट्रियसभामा तपाईले काम गर्यौँ भन्नु भयो । तर, कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भनेर आरोप त आइरह्यो नि ?
    – विधेयकमा कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भन्नु अलिक अप्ठेरो हुन्छ कि जस्तो लाग्छ । प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रियसभाबाट फिर्ता पनि भएका छन् । राहदानी विधेयक फिर्ता भएको छ । राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भएर आयो । राष्ट्रियसभा बन्द भएका कारण त्यो विधेयक तोकिएको समयभित्र हामीले छलफल नै नगरी राष्ट्रपति समक्ष पुग्यो । कांग्रेसले राहदानी विधेयकमा विरोध गरेको थाहा पाएर राष्ट्रपतिले राष्ट्रियसभाको सांसद राधेश्याम अधिकारीलगायतलाई बोलाएर यो कुरा ठीक छैन, हामीले यत्रो छलफल गरिहेको थियौँ । तर, राष्ट्रियसभामा पेश नै नभइकन यहाँ आएको हुँदा यो कुरा मान्दैनौँ भन्दा राष्ट्रपतिबाट पनि फिर्ता आयो ।
    अर्को गुठी विधेयक सरकारले राष्ट्रियसभामा ल्यायो । हामीले यो विधेयक ठीक छैन, फिर्ता लैजाउभन्दा सरकारले मानेन । हामीले सरोकारवाला सबैलाई बोलाएर यो विधेयकमा यस्तो यस्तो छ भनेपछि सबै मान्छे सडकमा आएर विरोध गर्दा गुठी विधेयक पनि फिर्ता गर्नुप¥यो । त्यस्तै सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश ग¥यो । मिडिया काउन्सिल विधेयक पेस हुँदा सरकारलाई हामीले भनेका थियौँ कि यो विधेयकमा जुन कुराहरू आएको छ त्यसले लेख्ने, पढ्ने सरकारका कुरा बाहिर ल्याउनुपर्ने मिडियाको काम सबैमा बन्देज लागाउने कुरा हुनु हुँदैन, यो कुरा मान्दैनौँ भनेपछि सरकारले यसलाई फिर्ता नलगेपनि छलफल गरेर सहमतिमा लगेर टुंग्याउने भनियो । आखिरमा सहमतिमा लैजान बाध्य बनायौँ । सर्वसम्मतबाट नै विधेयक पास भयो । यसलाई काम गरेको भन्ने कि नगरेको भन्ने ।
    सरकारले नेपाल ट्रष्टको ऐन नै संशोधन गर्न प्रस्ताव ल्यायो । बैठकमा ऐन संशोधन गर्ने बेला कांग्रेसले ऐन नै संशोधन गरेर नीतिगत भ्रष्टाचारमा लाग्नुभयो । यो नगर्नुस् भनेर हामीले ठूलो दवाव दियौँ । सत्तापक्षले बहुमतको आधारमा ऐन पास गरेपछि जनताले उहाँहरूलाई नाङ्गै पारेका छन् । विधेयकहरूमा कांग्रेसले राम्रो रोल नगरेको भए ती कुरा बाहिर आउने थियो त ? आउने थिएन । भूमि विधेयक प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा आयो । गौचरणलाई पनि लिजमा दिने भन्ने थियो । त्यस्ता कुराहरू हामीले श्रङ्खलाबद्ध रुपमा हेरेर त्यसो गर्न पाइँदैन भनेर राष्ट्रियसभामा कांग्रेसले रोक्यो ।
    ० पार्टीभित्रको विवाद राष्ट्रियसभामा देखियो कि देखिएन ?
    – देखिएन । पार्टीभित्रको लडाइँ भनेको पार्टीभित्रको आन्तरिक लडाइँ भयो । यो भनेको त जनतासँग र विधेयकका कुरा भयो । राज्य चलाउने कुरा भयो । देश र जनताको कुरामा यो तेरो, यो मेरो भन्ने कुरा नै आउँदैन । राष्ट्रियसभामा गुटको प्रभाव परेन । प्रभाव पर्नुपनि हुँदैन ।



    १४औँ महाधिवेशनको मिति तोकिएपछि सबै कुरा एकलौटी ढंगले पेलेर लैजान खोज्दा मान्न सकिँदैन । कांग्रेस पार्टी सबैको हो । पार्टी सबैको भएका कारणले गर्दा सभापतिले असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने थियो । कम्युनिस्टहरूको दबदबा भएको बेलामा कम्युनिस्टसँग लड्नुपर्ने बेलामा पार्टीभित्रको लडाइँ कति लडिरहनुपर्ने हो ? हामी आएदेखि पार्टीभित्र लडाइँ लडिरहेका छौँ । महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने, केन्द्रीय सदस्यहरू थप्ने कार्य गर्नु हुँदैन भन्ने हो । थप्ने कार्यमा पनि हाम्रो आपत्ति होइन । आएका साथीहरू पनि कांग्रेस नै हुन् । सिष्टमका लागि त्यो कुरा राम्रो भएन भन्ने हो ।

    ० प्रसंग बदलौं, कांग्रेसको १४औँ महाधिवेशन शुरु भइसकेको छ । सभापति शेरबहादुर देउवाले विभाग गठनदेखि केन्द्रीय सदस्य धमाधम बनाइ रहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कारसम्मका गतिविधि थालेको छ । यसरी त पार्टीको महाधिवेशनलाई असर गर्दैन र ?
    – १४औँ महाधिवेशन तोकिएको समयमा भएन भने पार्टी धरापमा पर्छ । तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ । सभापतिको अधिकार थियो होला । सभापतिले महाधिवेशन सम्पन्न भएको ३–४ महिनाभित्रमा सबै काम गर्नुपर्ने थियो । त्यस बेला नगरे पनि अलिक पछाडि आएर गर्नुपर्ने थियो । महाधिवेशनको मिति तोक्ने । अनि विभागहरू पनि एकलौटी ढंगले गर्दै गएपछि विरोध भइहाल्छ नि । १४औँ महाधिवेशनको मिति तोकिएपछि सबै कुरा एकलौटी ढंगले पेलेर लैजान खोज्दा मान्न सकिँदैन । कांग्रेस पार्टी सबैको हो । पार्टी सबैको भएका कारणले गर्दा सभापतिले असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने थियो । कम्युनिस्टहरूको दबदबा भएको बेलामा कम्युनिस्टसँग लड्नुपर्ने बेलामा पार्टीभित्रको लडाइँ कति लडिरहनुपर्ने हो ? हामी आएदेखि पार्टीभित्र लडाइँ लडिरहेका छौँ । महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने, केन्द्रीय सदस्यहरू थप्ने कार्य गर्नु हुँदैन भन्ने हो । थप्ने कार्यमा पनि हाम्रो आपत्ति होइन । आएका साथीहरू पनि कांग्रेस नै हुन् । सिष्टमका लागि त्यो कुरा राम्रो भएन भन्ने हो ।
    ० वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अब समानान्तर पार्टी चलाउने हो त ?
    – समानान्तर पार्टी भन्ने कुरा नै आउँदैन । कांग्रेस हाम्रो पनि हो । आफूले सोचे जस्तो नहुँदैमा समानान्तर पार्टी चलाउनुपर्छ भन्ने हो त ? होइन नि । विधि र विधानअनुसारको काम भएन भने विरोध गर्न त पाइयो नि । यो कुरा गलत भयो भन्न पाउनुपर्छ । रचनात्मक र लोकतान्त्रिक संस्कार अनुसार विरोध गर्न पाइन्छ । त्यो विरोध हामी गर्छौं । १४औँ महाधिवेशनका लागि हुने सबै क्रियाकलापमा हामी भाग लिन्छौँ । पार्टी कुनै एक पक्षको मात्रै होइन । कांग्रेसमा धेरै जनाको खुन र पसिनाले बनेको पार्टी हो । हेलचेक्र्याइ गरेर यहाँ जे पायो त्यही गर्न खोजिन्छ भने कांग्रेसलाई मात्रै होइन यसले देशलाई पनि घाटा हुन्छ । सभापति शेरबहादुर देउवाले यो समयमा झगडा गरेर होइन कांग्रेसलाई एकताबद्ध गरेर, एकठाउँमा राखेर अगाडि बढ्नुपर्छ । यो कम्युनिस्ट सरकारको दब्दबा भइरहेका बेलामा हामी एक भएर लड्नुपर्छ ।
    ० सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई पेलेरै जाने नीति लिनुभएको जस्तो देखिएको छ । सभापति देउवालाई कसरी विधि र विधानभित्र ल्याउनु हुन्छ ?
    – होइन, पेलेर गएर के हुन्छ भन्या ? किन पेल्ने उहाँले ? सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर के भएको छ र ? ओलीविरुद्ध जनताले प्रतिक्रिया त दिए नि । देख्नुभएको छैन ? ओलीले हरेक ठाउँमा पेल्यो भन्ने । हरेक ठाउँमा विरोध गर्ने । आफूले पार्टीभित्र ओलीले जस्तै गर्न मिल्छ ? मिल्दैन । शेरबहादुर देउवा सभापति हो नि । सभापति एउटा गुटको सभापति हुन पाइँदैन । सबैलाई मिलाएर जानुहोस् भन्ने सभापतिलाई मेरो आग्रह हो । यो परिस्थिति भनेको कांग्रेसको निम्ति सबैभन्दा अफ्ठ्यारो परिस्थिति हो । सभापतिले सबैलाई मिलाएर लैजानुपर्छ ।बलमिच्याइँ र पेल्ने गरेर नजानुस् भन्ने मेरो आग्रह हो । सभापतिले जे–जेगर्दै जानु हुन्छ हामीले त्यही मान्दै जाने कुरा त हुँदैन । चाहिने कुरामा समर्थन गरेका छौँ । नहुने कुरा गरेपछि विरोध गर्न पाइन्छ ।
    ० सभापति शेरबहादुर देउवाले पार्टीमा विधि र विधान मिच्नुभयो भन्छन् । तपाईलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
    – विधि र विधान उहाँले कसरी टेक्नु भयो त ? टेक्नु भएको छैन । चार महिना पछाडि गर्नुपर्ने काम गर्नुभएन । तैपनि तीन वर्षभित्र गरेको भए पनि हुने थियो । महाविधेशनको प्रक्रिया शुरु भइसकेको अवस्थामा नियुक्तिहरू गर्दा यो राम्रो भएन भन्ने कुरा हो ।
    ० १४औँ महाधिवेशनमा तपाई कुन पदमा उम्मेदवार बन्ने सोच बनाउनु भएको छ ?
    – त्यो त पछिको कुरा हो नि । समय छ अझै एक वर्ष । पदाधिकारी घोषणा गर्ने बेला अहिले नै आएको छैन । हेर्दै जाऔँ परिस्थितिले के गर्छ ।
    ० सभापतिमा चाहिं तपाईले कसलाई साथ दिनु हुन्छ त ?
    – सभापतिमा कसलाई साथ दिने भन्ने कुरामा पनि अझै समय आएको छैन । समय आयो भने भनौंला ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार