Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अब पार्टी नफुटाउने कमल थापाको वाचा

    अब पार्टी नफुटाउने कमल थापाको वाचा

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी फुटाउँदाको पीडाप्रति जानकार भइसकेको वताउंदै भागवत गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गरेका छन् ।

    राप्रपाका दुई घटकबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै थापाले यस्तो पार्टी फुटाउँदाको पीडाप्रति जानकार भइसकेको बताए । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि आज राजधानीमा एकता घोषणासभा आयोजना गरिएको हो ।
    सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘म पनि अब कहिल्यै पार्टी फुटाउँदिन । यो गीताको पुस्तक साक्षी छ ।’



    थापाले राप्रपाले गत संसदीय चुनावमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी समेत बन्न नसकेका कारण दुई राप्रपाबीच एकता गर्नुको विकल्प नरहेको समेत बताएका छन् ।



    राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकता बाहेक अरु उपाय नभएको उनले बताए ।
    पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियो ।

    एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार