Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रहरी अस्पतालका कर्मचारीलाई गृहसचिव न्यौपानेको निर्देशन

    प्रहरी अस्पतालका कर्मचारीलाई गृहसचिव न्यौपानेको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं। गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

    गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पतालस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधिन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गरेका हुन ।



    सो क्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अस्पतालमा विभिन्न भवनहरु निर्माणाधिन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै गृहसचिव न्यौपानेले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुन निर्देशन दिएका थिए ।



    अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे ।  प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार