Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • १ सय १९ देशमा कोरोनाको संक्रमण, ४२ सय बढीकाे मृत्यु

    १ सय १९ देशमा कोरोनाको संक्रमण, ४२ सय बढीकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वका १ सय १९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण हालसम्म ४ हजार २ सय ९५ जनाको ज्यान गएको छ भने १ लाख १९ हजार १ सय ७९ जना संक्रमित भएका छन् ।

    कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् । ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका छन् ।



    चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् । कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ। त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन् ।



    नयाँ संक्रमितको संख्या ९ सय ७७ पुगेको छ । त्यस्तै इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

    त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु कतारऽ कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार