Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन

    लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    भारत । नेपाली एकता समाज भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लदाखका विषयमा चालेको कदम प्रसंशायोग्य भएको जनाएको छ ।
    लामो समयदेखि स्वतन्त्रताकाे माग गरिरहेका लदाखी जनताको माग पूरा गर्न वर्तमान सरकारले भारतीय संविधानको धारा ३७० खारेज गर्दै लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा समाजले धन्यवाद ज्ञापन गरेको हो । समाजले विज्ञप्ति जारी गर्दै धेरै वर्षदेखि जम्मु कश्मिरको अधिनमा रहको लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको हो ।
    विज्ञप्तिमा भनिएको छ– ‘लदाख जम्मु–कश्मिरको अधिनमा रहँदा आर्थिक र सामाजिक दुबै पक्षको समस्यो थियो र धेरै वर्षदेखि लदाखले आजादीको माग गरिरहेको थियो । कुनै पनि सरकारले त्यो माग पूरा गर्न सकेको थिएन । अहिले वर्तमान सरकारले मात्रै आफ्ना जनताको आवाजलाई सुनेको छ ।’
    एकता समाजले लदाखका जनाताको खुशी नै त्यहाँ रहेका नेपालीहरुको पनि खुशी भएको विज्ञप्तिमार्फत जनाएको छ । वर्तमान सरकाले लदाखी जनतालाई माया गरेझैंँ आफूहरुको शान्ति र सुरक्षाका लागि पनि उचित व्यवस्था गर्ने विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार