काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
विप्लप निकट मानिने इरातोखबर डट कम अनलाइनले पनि विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गरेको जनाएको छ । घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन’ भन्ने पर्चा छरिएको समेत उक्त अनलाइनमा उल्लेख छ।
बाँस्कोटाको भक्तपुर स्थित निर्माणाधिन घरमा प्रेसर कुकरबम बिस्फोट भएको थियो । बिस्फोटबाट घरको सिसाहरु फुटेका छन् । बिस्फोटबाट छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षति भएको छ ।
Leave a Reply