Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • उपप्रधानमन्त्रीद्वारा काेराेना भाइरसबारे छलफल गर्न बाेलाइयाे सर्वदलीय बैठक

    उपप्रधानमन्त्रीद्वारा काेराेना भाइरसबारे छलफल गर्न बाेलाइयाे सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काेराेना भाइरसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजेका लागि तय गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाइ आमन्त्रण गरिएकाे छ । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।



    कोरोनाको संक्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह गरिरहेका छन् । यहीबीच सरकारको पूर्वतयारी र अन्य दलका सुझाव लिन पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि गत भदौ ३ गते पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसाएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार