Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • डिआइजी सुब्बाको राजीनामा किन भएन स्वीकृत ?

    डिआइजी सुब्बाको राजीनामा किन भएन स्वीकृत ?

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाको राजीनामा अलपत्र परेको छ । सरकारी छात्रवृत्तिमा विदेश पढेर फर्किएको पाँच वर्ष पूरा नभई राजीनामा दिन नपाइने प्रावधानअनुसार उनकाे राजीनामा स्वीकृत हुन नसकेकाे गृह मन्त्रालयका एक अधिकारीले बताए।

    डिआइजी डा. राजीव सुब्बाले हवाई युनिभर्सिटीबाट पिएचडी गरेका हुन् । पिएचडी गरेर फर्किएको पाँच वर्ष उनकाे भएको छैन । सोही कारण उनको राजीनामा स्वीकृत नभएको ती अधिकारीले बताए ।



    स्राेतका अनुसार एक वर्षको तबल फिर्ता गरे मात्र राजीनामा स्वीकृत हुने जानकारी उनलाई गराइएको छ । आफू एआइजीमा बढुवा हुने नदेखेपछि उनले शुक्रबार राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका थिए। उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्।



    २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत थिए। चार वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए। प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन। आफूभन्दा जुनियर अधिकारी एआइजी, आइजी हुँदा पनि संगठन/गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै उनकाे संगठनमा असन्तुष्टि थियो।

    अहिलेका आइजी ठाकुर ज्ञवाली पनि उनीभन्दा जुनियर हुन्। यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उनी भन्दा जुनियर थिए। उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए। हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्। नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान छ। प्रहरीभन्दा बाहिर धेरै अवसर भएकाले पनि राजीनामा दिएको बताइन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार