Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतद्वारा थप तीन देशका नागरिकलाई आवागमनमा प्रतिबन्ध

    भारतद्वारा थप तीन देशका नागरिकलाई आवागमनमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसबाट बच्‍न भारत सरकारले थप ती देशका नागरिका लागि आवागमनमा प्रतिबन्ध लगाएकाे छ। भारतले थप युरोपियन देशहरु फ्रान्स, जर्मनी र स्पेनको आवगमनमा प्रतिबन्ध लगाएको हो।

    ती देशहरु पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको बताइएको छ। भारतले कोरोना भाइरसको उदगम राष्ट्र चीनलाई फेब्रुअरी ५ मै आवगमन बन्द गरेको थियो भने इटाली, इरान, जापान र दक्षिण कोरियालाई मार्च ३ मा आवगमनमा प्रतिबन्ध लगाएको थियो।



    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार