Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रहरीद्वारा महिलामाथि बलात्कारको प्रयास!

    प्रहरीद्वारा महिलामाथि बलात्कारको प्रयास!

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    कपिलबस्तु । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर बस्ने हाल कपिलबस्तु जिल्ला शुुधोद्धन गाँउपालिका १ लबनीमा बस्दै आएकी एक महिलामाथि बलात्कारको प्रयास भएको छ । प्रहरी चौकी लबनीका हवलदार हेमन्त बहादुर कुमारले राती १२ बजे सुति रहेकी ती महिलामाथि बलात्कारका प्रयास भएको हो ।

    भारतबाट २ महिना अघि नेपालमा आएकी ती महिलामाथि हवल्दार कुमारले बलात्कारकाे प्रयास गरेपछि प्रहरी चौकी लबनीलाई स्थानीयले घेराउ गरेका थिए । स्थानीयले थाहा पाई दोषीमाथि कार्रवाहीको माग गर्दै प्रहरी चौकी लबनी घेराउ गरेको एक स्थानीयले बताए।



    लबनी गाँउको दक्षिण बगैचामा राती १२ बजे तिर ती महिलामाथि बलात्कारकाे प्रयास भएकाे हाे। स्थानीयले दोषीलाई कडा कार्रवाहीको माग गर्दै र पीडीतलाई न्यायकोलागि माग गरेका छन । अरोपित हवल्दारमाथि प्रहरी ऐन नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुनिल मल्लले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार