Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अवैध रुपमा डलर बाहिर लान खोज्ने सिंगापुरका नागरिक पक्राउ

    अवैध रुपमा डलर बाहिर लान खोज्ने सिंगापुरका नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । प्रहरीले अवैध रुपमा डलर बाहिरी मुलुक लैजान खोज्ने सिंगापुरका एक नागरिकलाई पक्राउ गरेको छ ।

    काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक ५७ वर्षीय तानघिम च्योङ्गलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा च्योङ्गले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार