काठमाडौँ । ललितपुरमा मूर्तिको काम गर्ने हरि खड्काको हत्या आरोपी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर गढी गाउँपालिकाका १ का १९ वर्षीय आरुष थिङलाई महानगरीय अपराध महाशाखा टेकु र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गढी गाउँपालिका-१ पिङडाँडाबाट आइतबार पक्राउ गरेको हो ।
गत साउन २८ गते ललितपुर महानगरपालिका ९ गुहे पोखरीमा उदयपुर कटारीका खड्का मृत अवस्थामा फेला परेको घटनामा मकवापनुरका मानकुमार थिङ, आरुष थिङसहितका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेको आरोप लागेको थियो ।उनलाई जिल्ला अदालत ललितपुर पठाइएको छ ।
Leave a Reply