Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • सभामुख र भारतीय राजदूतबीच भेटवार्ता

    सभामुख र भारतीय राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

    नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।



    भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद—संसद र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार